भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार राति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

फरार जीप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ५४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र