लोकगायक प्रेमराजा महतमा कोरोना संक्रमण « Khabarhub

लोकगायक प्रेमराजा महतमा कोरोना संक्रमण


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकगायक प्रेमराजा महतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । अमेरिकामा बस्दै आएका गायक महत र उनकी पत्नी कविता महतमा कोरोना संक्रमण देखिएको हो ।

महत अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत समेत हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका  छन् ।

महतले सामाजिक सञ्जाल फेसबूकमार्फत आफूलाई कोभिड–१९ को संक्रमण भएको जानकारी गराएका छन् ।

‘यदि हामीले सतर्कता अपनाएनौं भनेर विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछूतो बनाउनेवाला छैन, ध्यान राख्दाराख्दै दुर्भाग्यश म र मेरी पत्नी यसबाट जोगिन सकेनौं,’ महत भन्छन् ।

साथै उनले सबै नेपालीलाई कोरोना संक्रमण हुनबाट सचेत रहन अनुरोध पनि गरेका छन् ।

महतले गाएका सिमसिमे पानीमा, सालैका पातैले, पानको पात, सलल पानी लगायत लोकगीत लोकप्रिय छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ११ : ३८ बजे

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक