लोकगायक प्रेमराजा महतमा कोरोना संक्रमण « Khabarhub

लोकगायक प्रेमराजा महतमा कोरोना संक्रमण


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकगायक प्रेमराजा महतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । अमेरिकामा बस्दै आएका गायक महत र उनकी पत्नी कविता महतमा कोरोना संक्रमण देखिएको हो ।

महत अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत समेत हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका  छन् ।

महतले सामाजिक सञ्जाल फेसबूकमार्फत आफूलाई कोभिड–१९ को संक्रमण भएको जानकारी गराएका छन् ।

‘यदि हामीले सतर्कता अपनाएनौं भनेर विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछूतो बनाउनेवाला छैन, ध्यान राख्दाराख्दै दुर्भाग्यश म र मेरी पत्नी यसबाट जोगिन सकेनौं,’ महत भन्छन् ।

साथै उनले सबै नेपालीलाई कोरोना संक्रमण हुनबाट सचेत रहन अनुरोध पनि गरेका छन् ।

महतले गाएका सिमसिमे पानीमा, सालैका पातैले, पानको पात, सलल पानी लगायत लोकगीत लोकप्रिय छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ११ : ३८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित