भारतले दियो नेपाली सेनालाई १० आईसीयू भेन्टीलेटर « Khabarhub

भारतले दियो नेपाली सेनालाई १० आईसीयू भेन्टीलेटर


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।

विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका सेनापति पूर्णचन्द्र थापालाई उपहारस्वरुप वितरण गरिएका आईसीयू हस्तान्तरण गरेका छन् ।

सामान हस्तान्तरण गर्न जंगी अड्डामा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

यी भेन्टिलेटरहरु अस्पतालका आईसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आईसीयू कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ ।

विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा पनि यी भेन्टिलेटर सहज र उपयोगी छन् ।

मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।

दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्‍याउन भारत प्रतिबद्घ रहेको बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : ०४ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी