बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल « Khabarhub

बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत – लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको बिस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार बिस्फोट हुँदा १५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै बन्दरगाह र त्यस वरपरका घरहरुमा व्यापक क्षति पुगेको थियो ।

अमेरिकी भूगर्भ इन्स्टिच्यूटले बिस्फोटबाट ३.३ म्याग्नीच्यूडको भूकम्प बराबरको धक्का महशुस गरिएको जनाएको छ ।

बिस्फोटका कारण कम्तीमा ६ हजार मानिस घाइते हुनुका साथै घर भत्केका कारण तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

लेबनानको मुटुमा भएको यस बिस्फोटको जिम्मेवारी उच्च राजनीतिक नेतृत्वले लिनुपर्ने माग गर्दै सरकार विरोधी प्रदर्शनहरु हुन थालेका छन् ।

बेरुत भन्सार तथा बन्दरगाहका साथै सुरक्षा निकायहरुले बन्दरगाहमा भण्डारण गरिएको रसायन जोखिमपूर्ण अवस्थामा रहेको भन्दै तत्काल निर्णय लिन मन्त्रिपरिषदमा समेत प्रस्तावहरु यसअघि पठाएका भए पनि सरकारले बेवास्ता गर्दा ठूलो जनधनको क्षति भएको आम नागरिकको आक्रोश छ ।

फ्रान्सेली अनुसन्धानकर्तासँग मिलेर कार्य गरिरहेका लेबनानी सुरक्षा अधिकारीले एएफपीलाई भने, “बिस्फोट भएको स्थानमा झण्डै ४३ मिटर अर्थात् १४१ फिट गहिरो खाडल बनेको छ ।”

फ्रान्सले घटनाको अनुसन्धान एवं उद्धारका लागि ठूलो समूह लेबनानमा परिचालन गरिसकेको छ । साथै कतार, रसिया र जर्मनीका उद्धारकर्मीहरु समेत बेरुतमा क्रियाशील छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : ५२ बजे

जोर्डनले खसाल्यो दुई मिसाइल

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि

निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर

मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस् 

झापा– राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी