आज एकैदिन काठमाडौं उपत्यकामा थपिए ९२ कोरोना संक्रमित « Khabarhub

आज एकैदिन काठमाडौं उपत्यकामा थपिए ९२ कोरोना संक्रमित


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १८ जनामा कोरोना पुष्टि भएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी विरेन्द्र सैनीक अस्पतालमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : ४४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी