महोत्तरीमा भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थपियो « Khabarhub

महोत्तरीमा भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थपियो


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना भाइरस संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

गएको साउन १५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा पुनः थप गर्दै भदौ १ गतेसम्मका लागि पुर्‍याइएको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैकठले निषेधाज्ञाका भदौ १ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यायल महोत्तरीले जलेश्वर नगरपालिकाको सम्पूर्ण क्षेत्र भित्र र महोत्तरी गाउँपालिकाको ३ र ५ मा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ति

औरहीमा राति १२ बजेबाट लकडाउन

यता आरौही नगरपालिका आइतबार राति १२ बजेदेखि लागू हुने गरि नगरक्षेत्रमा लकडाउन लागू गरेको छ ।

नगरपालिकाले अर्को सूचना जारी नगरेसम्मका लागि लकडाउन घोषणा गरेको हो ।

नगरपालिकाका कर्मचारी लगायत समुदायस्तरमा कोरोना संक्रमण फैलिएकोले लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्रका अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै व्यवसाय तथा नगरपालिका मातहतका कार्यालयहरु, बैंक तथा वित्तीय संस्था लगायत सबै हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यहोरा नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अति आवश्यक काम बाहेक नगरभित्र आवतजावत गर्न पूर्ण रुपमा बन्देज लगाइएको, अनुमति प्राप्त सवारीसाधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी चलाउन नपाइने गरी लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी लकडाउन उल्लंघन गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गर्ने समेत नगरपालिकाले चेतावनी दिएको छ।

हिजो मात्र महोत्तरीमा नौ जना सशस्त्र प्रहरीसहित १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियोे ।

सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियोे ।

गौशालामा पनि निषेधाज्ञा

आज रातिदेखि लागू हुने गरी गौशालामा पनि निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञाले सुनसान भएसँगै बर्दिवास र भङ्गाहा र मठिहानी नगरपालिकाका हाटबजार केही हप्ता अधि देखि नै बन्द छन् ।

महोत्तरीमा हालसम्म ९४५ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

साउन ७ गते लकडाउन हटेयता नै जिल्लामा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि १०१ पुगेको छ । प्रदेश नं २ का आठ जिल्लामध्ये सबैभन्दा बढी कोरोना संक्रमित रौतहटमा छन् भने त्यसपछि महोत्तरी प्रभावित बनेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ११ बजे

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको पर्ने राष्ट्रपतिको

भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा

काठमाडौँ- भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ ।

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : कर्णालीका मुख्यमन्त्री शर्मा

काठमाडौँ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोलअन्तरले हरायो

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २–० गोलअन्तरले

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज  चैत ८ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २२, २०२३