बाँकेमा एक ७० वर्षीया कोरोना संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा एक ७० वर्षीया कोरोना संक्रमितको मृत्यु


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको हो ।

“नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एकजना ७० वर्षको महिला को मृत्यु भएको हो” सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय ले खबरहबलाई बताए ।

कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए।

गत साउन २३ गते बिहान ७:४५ बजे अस्पताल पुगेकी ती महिलाको सोही दिन स्वाब संकलन गरिएको थियो। उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

ती महिलामा निमोनियाकाका साथै रक्त सञ्चालनको समेत समस्या थियो।

यसअघि बाँकेको नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवा र बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ। योसँगै बाँकेमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

यसैबीच बाँके जिल्लामा आइतबार ४८ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ४३ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता