मेक्सिको हुँदै अमेरिका छिर्ने गोप्य ‘टनेल’ भेटियो « Khabarhub

मेक्सिको हुँदै अमेरिका छिर्ने गोप्य ‘टनेल’ भेटियो


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मेक्सिको हुँदै अमेरिका छिर्ने गोप्य ‘टनेल’ भेटिएको छ ।

अमेरिकाको ‘इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट एजेन्ट (आईसीई)’ले अमेरिका छिर्न मेक्सिकोबाट गोप्य ‘टनेल’ को निर्माण भएको र उक्त टनेलमार्फत अवैध रूपमा मानिसहरू धमाधम अमेरिका छिरिरहेको पत्ता लगाएको हो।

आईसीईले सीमामा बनेको यो गुफाको जानकारी पाएपछि यसको अनुसन्धान जारी राखेको छ ।

गत शुक्रबार आईसीईले रिपोर्ट सार्वजनिक गर्दै भनेको थियो,  ‘जुलाई २७ मा युमास्थित सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा यसको जानकारी प्राप्त भएको थियो, अहिले बृहत अध्ययन भइरहेको छ।’

टनेलबाट मानिसको ओसारपोसारसँगै अन्य तस्करी समेत भएको हुनसक्ने आशंका गरिएको छ ।

टनेल मेक्सिकोको सान लुइसबाट अमेरिकाको एरिजोनास्थित सान लुइस सीमासम्म रहेको बताइएको छ ।

अमेरिकाले उक्त टनेलका तस्वीरहरु पनि सार्वजनिक गरेको छ ।

गत जनवरीमा पनि सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सुरक्षाकर्मीले दक्षिणपूर्वी सीमामा दुई देशबीच लामो अवैध टनेल फेला पारेका थिए।

मेक्सिकोहुँदै गैरकानुनी रूपमा मानिसहरु अमेरिका प्रवेश गर्न थालेपछि अमेरिकाले सीमा क्षेत्रमा पर्खाल नै लगाएको थियो।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ३१ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले