मुलुकभर १०८१ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

मुलुकभर १०८१ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

हालसम्म कोरोना संक्रमितको संख्या ४९,२१९ पुग्यो


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ थियो ।

नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

२४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३ हजार ८८२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ हजार ६७७ थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए ४६४ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६  जना गरी जम्मा ४६४ जना संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना कोरोना संक्रमित थपिएका थिए।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ४ : ४८ बजे

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला