घरको कुन दिशामा कुन बिरुवा रोप्ने ? « Khabarhub

घरको कुन दिशामा कुन बिरुवा रोप्ने ?


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हामी आसपासका खराब शक्तिबाट बच्ने उपायबारे वास्तुशास्त्रमा सुझाइएको छ । वास्तुमा जीवनमा ऊर्जाको संञ्चार भर्ने, दिशाका बारेमा अध्ययन गर्ने र घर, भवन, मन्दिर कस्तो बनाउनु पर्ने त्यसबारे जानकारी दिइएको हुन्छ । यति मात्र होइन, वास्तुले घरमा कुन चीज कुन दिशामा हुनु पर्दछ त्यसबारेसमेत जानकारी हुन्छ ।

हामीले घर आसपासमा रोप्ने फूल, बिरुवाहरु सही दिशामा रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउँछ । यतिमात्र होइन गलत दिशामा भएका फूल र अन्य बिरुवाले नकारात्मक ऊर्जा समेत बढाउँछ । त्यसैले घरमा फूल, बिरुवा रोप्दा वास्तु अनुसार हुनु पर्दछ ।

वास्तुमा उक्तर दिशालाई बुध ग्रहको दिशा मानिन्छ । यो दिशा खुल्ला र हावायुत्त हुनु पर्दछ । यस दिशामा हरियाली हुनु पर्दछ । उत्तर दिशा कुबेरको समेत स्थान मानिन्छ । त्यसैले यस दिशामा तुलसी, केराको बोट, सयपत्री फूलको बिरुवा रोप्नु पर्दछ । यसो गरेमा घरमा चर्म रोग नभित्रने धार्मीक मान्यता छ ।

वास्तु अनुसार पूर्व दिशा सूर्य ग्रहको हुने गर्दछ । यस दिशामा हरियो घाँस, दुबो रोप्नु पर्दछ । यस्तो गरेमा घरमा सूर्य देवको कृपा प्राप्त भई आत्मसम्मान, यश र आरोग्य जीवन प्राप्त हुने धार्मीक विश्वास छ ।

वास्तु अनुसार दक्षिण मंगलको दिशा हो । यस दिशामा रातो फूलका बिरुवा रोप्नु अत्यन्त शुभ मानिन्छ । यसो गर्दा घरमा कुनै पनि प्रकारको बाधा उत्फन्न नहुने र रक्त सम्बन्धी रोगबाट समेत मुत्ति पाइने धार्मीक विश्वास छ ।

घरको पश्चिम दिशा चन्द्रमाको दिशा मानिन्छ । यस दिशामा चमेली, इन्द्रकमल फूल, एलोवेराको बिरुवा रोप्नु पर्दछ । यसले घरको वातावरण शुद्ध गर्नुको साथै घरमा मानसिक विकार उत्पन्न हुन नदिने धार्मीक मान्यता छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : २५ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका