घरको कुन दिशामा कुन बिरुवा रोप्ने ? « Khabarhub

घरको कुन दिशामा कुन बिरुवा रोप्ने ?


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हामी आसपासका खराब शक्तिबाट बच्ने उपायबारे वास्तुशास्त्रमा सुझाइएको छ । वास्तुमा जीवनमा ऊर्जाको संञ्चार भर्ने, दिशाका बारेमा अध्ययन गर्ने र घर, भवन, मन्दिर कस्तो बनाउनु पर्ने त्यसबारे जानकारी दिइएको हुन्छ । यति मात्र होइन, वास्तुले घरमा कुन चीज कुन दिशामा हुनु पर्दछ त्यसबारेसमेत जानकारी हुन्छ ।

हामीले घर आसपासमा रोप्ने फूल, बिरुवाहरु सही दिशामा रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउँछ । यतिमात्र होइन गलत दिशामा भएका फूल र अन्य बिरुवाले नकारात्मक ऊर्जा समेत बढाउँछ । त्यसैले घरमा फूल, बिरुवा रोप्दा वास्तु अनुसार हुनु पर्दछ ।

वास्तुमा उक्तर दिशालाई बुध ग्रहको दिशा मानिन्छ । यो दिशा खुल्ला र हावायुत्त हुनु पर्दछ । यस दिशामा हरियाली हुनु पर्दछ । उत्तर दिशा कुबेरको समेत स्थान मानिन्छ । त्यसैले यस दिशामा तुलसी, केराको बोट, सयपत्री फूलको बिरुवा रोप्नु पर्दछ । यसो गरेमा घरमा चर्म रोग नभित्रने धार्मीक मान्यता छ ।

वास्तु अनुसार पूर्व दिशा सूर्य ग्रहको हुने गर्दछ । यस दिशामा हरियो घाँस, दुबो रोप्नु पर्दछ । यस्तो गरेमा घरमा सूर्य देवको कृपा प्राप्त भई आत्मसम्मान, यश र आरोग्य जीवन प्राप्त हुने धार्मीक विश्वास छ ।

वास्तु अनुसार दक्षिण मंगलको दिशा हो । यस दिशामा रातो फूलका बिरुवा रोप्नु अत्यन्त शुभ मानिन्छ । यसो गर्दा घरमा कुनै पनि प्रकारको बाधा उत्फन्न नहुने र रक्त सम्बन्धी रोगबाट समेत मुत्ति पाइने धार्मीक विश्वास छ ।

घरको पश्चिम दिशा चन्द्रमाको दिशा मानिन्छ । यस दिशामा चमेली, इन्द्रकमल फूल, एलोवेराको बिरुवा रोप्नु पर्दछ । यसले घरको वातावरण शुद्ध गर्नुको साथै घरमा मानसिक विकार उत्पन्न हुन नदिने धार्मीक मान्यता छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : २५ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको