मन्दिरमा जुत्ता हराउनु शुभ संकेत ! « Khabarhub

मन्दिरमा जुत्ता हराउनु शुभ संकेत !


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई जुत्ताचप्पलको सम्बन्ध ग्रह दोषसंग पनि हुन्छ भन्ने थाहा छ ? ज्योतिष शास्त्र अनुसार शनिको सम्बन्ध खुट्टासंग हुने भएकाले ग्रह दोषमा जुत्ताचप्पलको सम्बन्ध रहने गर्दछ ।

यतिमात्र होइन, खुट्टामा लगाइएको जुत्ताचप्पल मार्फत राहु र केतुसंग जोडिएका दोष घरमा भित्रिने समेत गर्दछ । यस प्रकारको दोष निवारणकालागी निम्न उपया गर्न सकिन्छ ।

१. कुण्डलीमा शनिको कुनै दोष वा अढैय्या अथवा साढेसाती चलिरहेको छ भने शनिवारका दिन कसैलाई जानकारी नदिई कालो रंगको छालाको जुत्ता वा चप्पल शनि मन्दिरको प्रवेश द्वारमा खोलेर फर्कनु पर्दछ । तर स्मरण रहोस् छाडेर आएको जुत्ताचप्पललाई फर्केर नहेरी घर फर्कनु पर्दछ । यसले जीवनमा सकारात्मक बदलाव ल्याउने मान्यता रहेको छ ।

२. यदि मन्दिरमा जुत्ता वा चप्पल चोरी भयो भने यसमा कुनै दुखः मनाउ नगर्नुहोला । ज्योतिषशास्त्रका अनुसार मन्दिरबाट जुत्ताचप्पल हराउनु जीवनमा शुभ संकेतको प्रतिक हो । अझ शनिवारका दिन चोरी भएमा यो झनै शुभ फलदायी हुने शनि दोषबाट राहत पाउने मान्यता छ ।

३. कुनै पनि महत्वपुर्ण काम, परीक्षा, जागिरको अर्न्तवार्ता, छोराछोरीको विवाहको प्रस्ताव लिएर जाँदा वा लामो यात्रामा जाँदा भुलेर पनि फाटेको जुत्ता चप्पल नलगाउनु होला । महत्वपुर्ण काममा यस्ता जुत्ताचप्पल लगाएर जादाँ कार्यमा बाधा आउने मान्यता छ ।

४. घरको मुख्यद्वारमा भुलेर पनि कहिल्यै जुत्ताचप्पल खोल्नु हुदैन । घरका सदस्य मात्र होइन घर आएका पाहुनालाई समेत यसो गर्नबाट रोक्नु पर्दछ । मुख्यद्वारको एक छेउ वा र्याक राखेर त्यसमा जुत्ताचप्पल राख्ने गर्नु पर्दछ । अन्यथा सौभाग्य र समृद्धिमा असर पर्ने धार्मीक विश्वास छ ।

५. कहिल्यै पनि जुत्ताचप्पललाई ईशान कोण अर्थात उत्तर पूर्वी दिशामा राख्नु हुदैन । जुत्ता चप्पललाई हमेशा व्यवस्थित ढंगले पश्चिम दिशामा मात्र राख्नु पर्दछ ।

६. घर बाहिर लगाइने जुत्ताचप्पललाई घरभित्र लानु हुदैन । बाहिरको बाहिरै र र भित्रका लागी अलग्गै जुत्ताचप्पल लगाउनु पर्दछ । अन्यथा घरमा राहु, केतुले प्रवेश गर्ने धार्मीक विश्वास रहेको छ । स्वास्थ्यका हिसाबले समेत यो हानिकारक हो ।

७. सकेसम्म घरमा पुराना जुत्ताचप्पल राख्नु हुदैन । यसले घरमा नकारात्मक ऊर्जा बढाउने गर्दछ । साथै घरमा बिभिन्न समस्याहरु आउने क्रम जारी रहन्छ ।

८. घरमा जुत्ताचप्पललाई जतापायो त्यतै फ्याक्नु हुदैन । अन्यथा घरमा तनावको स्थिति आउने गर्दछ । साथै जुन घरमा जुत्ताचप्प्ल छरीएको हुन्छ, त्यहाँ शनिको अशुभ प्रभव रहने गर्दछ । परिवारका सदस्यको मन खिन्न हुन्छ ।

९. कार्यालयमा हमेशा खैरो रंगको मात्र जुत्ताचप्पल लगाउनु पर्दछ । विशेष रूपमा बैकिंग वा शिक्षाको क्षेत्रमा काम गर्नेहरुले यसलाई पालना गर्नु लाभदायक हुन्छ । कार्यालयमा काम गर्नेहरुले कफि वा डार्क ब्राउन रंग उत्तम हुन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ३५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले