रोनाल्डोले बनाए अर्को कीर्तिमान « Khabarhub

रोनाल्डोले बनाए अर्को कीर्तिमान


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् ।

नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय एक पुर्‍याएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् ।

राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईलेमात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगका गएरातिका अन्य खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले, फ्रान्सले क्रोयसियालाई ४–२ ले, अजरबैजानले साइप्रसलाई एक शून्यले र मोन्टेनेर्गोले लक्जेम्वर्गलाई एक शून्यले हराएका छन् ।

डेनमार्क र इंग्ल्याण्डले भने गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : १८ बजे

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौं– रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा