हस्तमैथुन बारेको भ्रम र सत्यता « Khabarhub

हस्तमैथुन बारेको भ्रम र सत्यता


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय: मानिसलाई किशोर अवस्थामा पुगेपछि यौन चाहाना हुने गर्दछ । यो स्वभाविक पनि हो । यौनांगको वृद्धि संगै हुने शारीरिक परिवर्तनका कारणले किशोर उमेरबाटै यौन प्रति चाहाना हुने गर्दछ । तर यो उमेरमा यौनसाथी पाउन नसक्दा उनिहरु हस्तमैथुन गर्दछन् ।

कतिपय मानिस हस्तमैथुनलाई गलत मान्दछन् । तर, स्वास्थ्य विज्ञानमा भने हस्तमैथुनलाई गलत मानिदैन । केवल हस्तमैथुन गर्ने सहि उमेर नभएको अवस्थामा मात्र गर्न नहुने चिकित्सकहरु सुझाव दिन्छन् ।

हस्तमैथुन भन्नाले आफ्नो यौनांग चलाएर आफुलाई आनन्दित वा स्खलित पार्नु हो । मानिसहरु अलग अलग तरिकाले हस्तमैथुन गर्दछन् । यौनसाथीको कल्पना, विपरीत लिंगीको सम्झना वा कामुकतामा हस्तमैथुन गर्दछन् । यसले मानिसलाई यौनका बिषयबाट आनन्दित र खुसी महसुस गराउँछ । यो एक प्राकृतिक तरिका हो ।

प्रायः पुरुषहरु १७ बर्षको उमेरदेखि हस्तमैथुनमा आर्कषित हुने गर्दछन् । महिलाको हकमा भने अलिक बढि उमेरसम्म आफ्नो इच्छा दबाउन सक्ने भएकाले हस्तमैथुन प्रति कम आर्कषण हुन्छ । तथापी कतिपय महिला १७/१८ को उमेरबाट हस्तमैथुन गर्दछन् । तर यो संख्या न्युन हुन्छ ।

हस्तमैथुनले शरीरमा खुसी दिने हर्मोन इन्डारफिन्स रिलिज हुन्छ । जसले मानिसलाई आनन्दित बनाउँछ । यसले निन्द्रा पार्दछ । साथै यौनांग सक्रिय पनि राख्छ । तर हस्तमैथुको लत लागेर बढिभन्दा बढि गर्नु चाँहि हानिकारक हुन्छ । यो शरीरको माग अनुसार सातामा २/३ पटकसम्म हानिकारक मानिदैन ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : ५१ बजे

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो

कोरला सडकमा १३ पुल निर्माण

मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन