हस्तमैथुन बारेको भ्रम र सत्यता « Khabarhub

हस्तमैथुन बारेको भ्रम र सत्यता


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय: मानिसलाई किशोर अवस्थामा पुगेपछि यौन चाहाना हुने गर्दछ । यो स्वभाविक पनि हो । यौनांगको वृद्धि संगै हुने शारीरिक परिवर्तनका कारणले किशोर उमेरबाटै यौन प्रति चाहाना हुने गर्दछ । तर यो उमेरमा यौनसाथी पाउन नसक्दा उनिहरु हस्तमैथुन गर्दछन् ।

कतिपय मानिस हस्तमैथुनलाई गलत मान्दछन् । तर, स्वास्थ्य विज्ञानमा भने हस्तमैथुनलाई गलत मानिदैन । केवल हस्तमैथुन गर्ने सहि उमेर नभएको अवस्थामा मात्र गर्न नहुने चिकित्सकहरु सुझाव दिन्छन् ।

हस्तमैथुन भन्नाले आफ्नो यौनांग चलाएर आफुलाई आनन्दित वा स्खलित पार्नु हो । मानिसहरु अलग अलग तरिकाले हस्तमैथुन गर्दछन् । यौनसाथीको कल्पना, विपरीत लिंगीको सम्झना वा कामुकतामा हस्तमैथुन गर्दछन् । यसले मानिसलाई यौनका बिषयबाट आनन्दित र खुसी महसुस गराउँछ । यो एक प्राकृतिक तरिका हो ।

प्रायः पुरुषहरु १७ बर्षको उमेरदेखि हस्तमैथुनमा आर्कषित हुने गर्दछन् । महिलाको हकमा भने अलिक बढि उमेरसम्म आफ्नो इच्छा दबाउन सक्ने भएकाले हस्तमैथुन प्रति कम आर्कषण हुन्छ । तथापी कतिपय महिला १७/१८ को उमेरबाट हस्तमैथुन गर्दछन् । तर यो संख्या न्युन हुन्छ ।

हस्तमैथुनले शरीरमा खुसी दिने हर्मोन इन्डारफिन्स रिलिज हुन्छ । जसले मानिसलाई आनन्दित बनाउँछ । यसले निन्द्रा पार्दछ । साथै यौनांग सक्रिय पनि राख्छ । तर हस्तमैथुको लत लागेर बढिभन्दा बढि गर्नु चाँहि हानिकारक हुन्छ । यो शरीरको माग अनुसार सातामा २/३ पटकसम्म हानिकारक मानिदैन ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : ५१ बजे

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको