छोटो समयमै चर्चामा आएका थिए छेतन « Khabarhub

छोटो समयमै चर्चामा आएका थिए छेतन


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेखक तथा निर्देशक छेतेन गुरुङको असामयिक निधनले फिल्मकर्मी स्तब्ध बनेका छन् । गुरुङको गएराति २ बजे निधन भएको थियो ।

केही समयदेखि उनी फिल्म ‘हुतुतु’ निर्देशनको तयारीमा थिए । चर्चित कलाकारलाई एउटै फिल्ममा अनुबन्ध गरेका कारण पनि यो फिल्म एकाएक चर्चामा आएको थियो ।

कलेजोमा समस्या देखिएपछि छेतन दुई दिनअघि राजधानीस्थित मेट्रो अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा  ४२ वर्षको उमेरमा उनको निधन भएको हो ।

छेतनले कम फिल्ममा मात्र काम गरेका थिए । तर, उनी चर्चित थिए । पछिल्लो समय उनलाई सम्भावना बोकेका निर्देशकका रुपमा लिइन्थ्यो ।

छेतनले निर्देशन गरेको फिल्म ‘प्रेम गीत ३’ कोरोना भाइरसले सिर्जित अवस्थाका कारण रिलिज हुन सकेको छैन । यो फिल्मबाट छेतन निकै आशावादी पनि थिए । तर, उनी फिल्म रिलिजपछि दर्शकको प्रतिक्रिया नपाउँदै विदा भए ।

सन्तोष सेन समेत निर्देशक रहेको ‘प्रेमगीत ३’ रिलिजअघि नै वर्षभरि चर्चामा आएको फिल्म हो ।

छेतनले तयारी थालेको फिल्म ‘हुतुतु’ को स्किृप्टमै काम भइरहेको थियो । कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थिति सामान्य हुनासाथ फिल्मको छायांकन थालिने तयारी थियो ।

निर्देशक गुरुङले फिल्म ‘डमरुको डन्डीबियो’ बाट पनि राम्रो चर्चा कमाएका थिए । फिल्ममा खगेन्द्र लामिछानेको शीर्ष भूमिका थियो । उक्त फिल्ममा डन्डीबियो खेललाई नेपालमा स्थापित गर्नुपर्छ भन्ने सन्देश थियो ।

‘नोभेम्बर रेन, क्लासिक, ‘ए मेरो हजुर ३’ लगायत फिल्मका स्क्रिप्ट तयार पारेका छेतनले ‘डमरुको डन्डीबियो’ निर्देशन गरेपछि ‘प्रेम गीत ३’ निर्देशन गरेका थिए ।

छोटो समयमा नै उनले एकपछि अर्को फिल्ममा काम गरिरहेका थिए । उनी फिल्म रिलिजका बेला दर्शकको प्रतिक्रिया बुझ्नका लागि हलबाहिर प्रायः उपस्थित हुन्थे । दर्शकका प्रतिक्रिया सुन्थे ।

‘चलचित्र निर्देशक तथा लेखक छेतन गुरुङको निधनको खबरले निकै दुःखी भएको छु, उहाँको चीर शान्तिको कामना गर्दछु,’ हरिवंश आचार्यले समवेदना प्रकट गरेका छन् ।

निर्देशक दिनेश राउतले छेतनलाई सिर्जनात्मक मान्छे भएको बताएका छन् । ‘कसैको चित्त नदुखाउने स्वभावको मान्छे थियो, सकारात्मक सोच थियो उसमा,’ राउत भन्छन् ।

निर्माता तथा निर्देशक सन्तोष सेनले छेतनको असामयिक निधनले आफू दुःखी भएको बताएका छन् । छेतनको निधनको खबरले सेलिब्रेटीहरूले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १ : ०४ बजे

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक