छोटो समयमै चर्चामा आएका थिए छेतन « Khabarhub

छोटो समयमै चर्चामा आएका थिए छेतन


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेखक तथा निर्देशक छेतेन गुरुङको असामयिक निधनले फिल्मकर्मी स्तब्ध बनेका छन् । गुरुङको गएराति २ बजे निधन भएको थियो ।

केही समयदेखि उनी फिल्म ‘हुतुतु’ निर्देशनको तयारीमा थिए । चर्चित कलाकारलाई एउटै फिल्ममा अनुबन्ध गरेका कारण पनि यो फिल्म एकाएक चर्चामा आएको थियो ।

कलेजोमा समस्या देखिएपछि छेतन दुई दिनअघि राजधानीस्थित मेट्रो अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा  ४२ वर्षको उमेरमा उनको निधन भएको हो ।

छेतनले कम फिल्ममा मात्र काम गरेका थिए । तर, उनी चर्चित थिए । पछिल्लो समय उनलाई सम्भावना बोकेका निर्देशकका रुपमा लिइन्थ्यो ।

छेतनले निर्देशन गरेको फिल्म ‘प्रेम गीत ३’ कोरोना भाइरसले सिर्जित अवस्थाका कारण रिलिज हुन सकेको छैन । यो फिल्मबाट छेतन निकै आशावादी पनि थिए । तर, उनी फिल्म रिलिजपछि दर्शकको प्रतिक्रिया नपाउँदै विदा भए ।

सन्तोष सेन समेत निर्देशक रहेको ‘प्रेमगीत ३’ रिलिजअघि नै वर्षभरि चर्चामा आएको फिल्म हो ।

छेतनले तयारी थालेको फिल्म ‘हुतुतु’ को स्किृप्टमै काम भइरहेको थियो । कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थिति सामान्य हुनासाथ फिल्मको छायांकन थालिने तयारी थियो ।

निर्देशक गुरुङले फिल्म ‘डमरुको डन्डीबियो’ बाट पनि राम्रो चर्चा कमाएका थिए । फिल्ममा खगेन्द्र लामिछानेको शीर्ष भूमिका थियो । उक्त फिल्ममा डन्डीबियो खेललाई नेपालमा स्थापित गर्नुपर्छ भन्ने सन्देश थियो ।

‘नोभेम्बर रेन, क्लासिक, ‘ए मेरो हजुर ३’ लगायत फिल्मका स्क्रिप्ट तयार पारेका छेतनले ‘डमरुको डन्डीबियो’ निर्देशन गरेपछि ‘प्रेम गीत ३’ निर्देशन गरेका थिए ।

छोटो समयमा नै उनले एकपछि अर्को फिल्ममा काम गरिरहेका थिए । उनी फिल्म रिलिजका बेला दर्शकको प्रतिक्रिया बुझ्नका लागि हलबाहिर प्रायः उपस्थित हुन्थे । दर्शकका प्रतिक्रिया सुन्थे ।

‘चलचित्र निर्देशक तथा लेखक छेतन गुरुङको निधनको खबरले निकै दुःखी भएको छु, उहाँको चीर शान्तिको कामना गर्दछु,’ हरिवंश आचार्यले समवेदना प्रकट गरेका छन् ।

निर्देशक दिनेश राउतले छेतनलाई सिर्जनात्मक मान्छे भएको बताएका छन् । ‘कसैको चित्त नदुखाउने स्वभावको मान्छे थियो, सकारात्मक सोच थियो उसमा,’ राउत भन्छन् ।

निर्माता तथा निर्देशक सन्तोष सेनले छेतनको असामयिक निधनले आफू दुःखी भएको बताएका छन् । छेतनको निधनको खबरले सेलिब्रेटीहरूले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १ : ०४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा