कंगनाको अफिसमा बीएमसीले चलायो बुलडोजर « Khabarhub

कंगनाको अफिसमा बीएमसीले चलायो बुलडोजर


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शिवसेना नेताले दिएको धम्कीका बावजूद बलिउड कलाकार कंगना रनावत वाई प्लस सुरक्षामा आज मुम्बई फर्किँदै छिन् ।

यता बीएमसी (बृहन्मुम्बई महानगरपालिका) ले कंगना रनावतको अफिस तोडफोड गरेको छ । बीएमसीको एक टीमले कंगनाको घरमा बुलडोजर चलाएको छ ।

कंगनाको मुम्बईस्थित घरमा भने प्रहरीले सुरक्षा दिइरहेको छ । त्यहाँ बम निरोधक दस्ता पनि पठाइएको छ ।

कंगनाको घरमा सीआरपीएफको एक टीम पनि सुरक्षाका लागि पुगेको छ ।

बीएमसीले कंगनाको अफिसको ग्राउण्ड फ्लोरको शौचालय अवैध तरिकाले बनाएको दाबी गरेको छ । महानगरका अनुसार कंगनाले अवैध तरिकाले किचन निर्माण गरेको पनि दाबी गरेको छ ।

यसका अलावा कंगनाको अफिसको पेटी, क्याबिन, पूजाघर सहित अन्य कैयन् संरचना पनि गैरकानूनी रुपमा बनाइएको भन्दै डोजर चलाइएको हो ।

कंगनाले यसलाई भने प्रजातन्त्रको मृत्यु भएको बताएकी छिन् । उनले महानगरको यो कदमको विरोध गरेकी छिन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १ : ३४ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा