आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र « Khabarhub

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता भएका छन् । उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी राष्ट्रसंघको महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए । उनले ८ गते महासभालाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनबारे विश्वको ध्यान आकर्षित गरेरका थिए ।

महासभाको साइडलाइनमा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र अष्ट्रेलियाका समकक्षी एन्थोनी एल्बनिजसँग पनि भेटवार्ता गरेका थिए ।

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका बेला शीर्ष राजनीतिक दलका नेताहरूलाई उद्घाटन समारोहको औपचारिक निमन्त्रणा दिन थालिएको छ ।

कांग्रेस नेता उदयशमशेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेट गरी आतिथि बन्नका लागि औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।

यसपटक नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १६ गते काठमाडौँस्थित खुलामञ्चमा भव्य रूपमा आयोजना हुँदैछ । उक्त समारोहमा सहभागिताका लागि राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्ता, पार्टीका शुभेच्छुक र आम नागरिकलाई आमन्त्रण गरिएको छ ।

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरुद्व भएको छ ।

कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको हो ।

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको बताउँदै उपरीक्षक प्रसाईंले पानी निरन्तर परिरहेकाले पहिरो खुलाउन नसकिएको र सकभर यात्रा नगर्न आग्रह गरिएको छ ।

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

पहिरोका कारण कोरला सडक अवरुद्ध

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट उद्धारकर्ताहरूले दुई अचेत व्यक्तिको उद्धार गरेका छन् । अधिकारीका अनुसार अन्य चार जनाको खोजी कार्य शनिबार पनि जारी रहेको छ । एथेन्सका मेयर हारिस डुकासका अनुसार प्रारम्भिक अनुसन्धानले ठूलो मात्रामा ग्यास चुहावटका कारण विस्फोट भएको हुन सक्ने देखाएको छ ।

विस्फोटका कारण आसपासका भवनहरूमा पनि क्षति पुगेपछि ती भवन खाली गराइएको उनले बताए । दमकल विभागका अनुसार एथेन्सको ऐतिहासिक क्षेत्र प्लाकामा, विश्वप्रसिद्ध प्राचीन स्मारक एक्रोपोलिसको फेदीमा रहेको दुईतले घरको भग्नावशेषबाट दोस्रो व्यक्तिलाई अचेत अवस्थामा फेला पारिएको हो ।

यसअघि शनिबार बिहान एक अचेत महिलाको उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो । दमकल विभागका अनुसार लिसिक्राटुस स्ट्रिटस्थित छेउको भवनमा रहेका अन्य दुई महिला पनि घाइते भएका छन् । खोज तथा उद्धार कार्यमा ३० जना अग्नि नियन्त्रक तथा तीनवटा तालिम प्राप्त उद्धार कुकुर परिचालन गरिएको छ ।

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड




















प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : ५७ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा