कमलादी सुनचाँदी प्रकरण : न्यूरोडका दुई सुन ब्यापारी पक्राउ « Khabarhub

कमलादी सुनचाँदी प्रकरण : न्यूरोडका दुई सुन ब्यापारी पक्राउ


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमलादीमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप दुई सुन व्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले भदौ १५ गते न्यूरोडका लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

तस्करहरूले आधा किलो सुन लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायसँग किनेको प्रहरीको दाबी छ । उपाध्यायले भने अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारसँग किनेकाले अनुसन्धानका लागि पक्राउ गरिएको ज्ञवालीले जानकारी दिए । बैँकबाट खरिद गरिएको सुनको ढिक्का गहना नै नबनाइ विक्री गर्न नपाइनेमा उनीहरूले सुनको ढिक्कै बेचेकाले  नियन्त्रणमा लिइएको उनले बताए ।

उनीहरूसहित ११ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अबको एक साताजतिमा  अनुसन्धान सकेर मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनसम्मको समय पाइने भएकाले सोही अनुरूपको अनुसन्धान गरेर दर्बिलो प्रमणसहित उनीहरूलाई मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी हिरासतमा इल्ताफ हुसेन अन्सारी, निलेश शाखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रहरी जवान प्रसन्न श्रेष्ठ र उनका घरबेटी उमेश श्रेष्ठ, प्रहरी जवान बहादुरसिंह कडायत र कालिगढ मनिष छन्।

गत साउन १३ गते प्रहरीले कमलादीमा गाडी चेकजाँच गर्दै गर्दा तस्करहरू सुनचाँदी नै फालेर बा ६ च ५५१९ नम्बरको स्कार्पीयोमा भागेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ३ : १४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ