अमेरिका लैजाने भन्दै ४१ लाख ठग्ने पक्राउ, फिलिपिन्स पुर्‍याएर याताना दिएको खुलासा « Khabarhub

अमेरिका लैजाने भन्दै ४१ लाख ठग्ने पक्राउ, फिलिपिन्स पुर्‍याएर याताना दिएको खुलासा


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम रूकुमका दुई पुरूषलाई अमेरिका लैजाने भन्दै ४१ लाख रूपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हाल बबरमहल बस्दै आएका ५४ र ५५ वर्षका दुई पुरूषलाई गत वर्षको साउनमा अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर अलपत्र पार्ने दुई जना पक्राउ परेका हुन् ।

उक्त घटनामा संलग्न भएको अभियोगमा ललितपुर महानगरपालिका बस्ने बर्ष ३२ का ‘रवी’ भन्ने रिकेश महर्जन र काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने वर्ष २२ की कमला लामालाई पक्राउ गरेको मानव बेचविखन अनुसन्धान व्युरोले जनाएको छ ।

यही घटनामा संलग्न रहेका सतिस बर्तौलालाई भने गत साउन २९ मा नै पक्राउ गरिएको व्युरोले जनाएको छ । उनीहरू तीन जनाले पीडितलाई फिलिपिन्स पुर्‍याएर मानसिक र शारीरिक याताना दिएको समेत प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ३५ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२