उपत्यकाको निषेधाज्ञा : बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर, निश्चित समय पसल खोल्न पाइने « Khabarhub

उपत्यकाको निषेधाज्ञा : बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर, निश्चित समय पसल खोल्न पाइने


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइएको छ ।

बिहीबारदेखि लागू हुने गरी एक साताका लागि उपत्यकामा निषेधाज्ञा केही सहज गराइएको हो ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने निर्णय गरेका छन् ।

यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र पसल तथा व्यवसाय पनि निश्चित समय सञ्चालन गर्न दिने निर्णय भएको छ  । तर, काठमाडौँ उपत्यका प्रवेशमा भने अझ कडाइ गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

‘हामीले प्रतिबन्ध केही खुकुलो बनाउने निर्णय गरेका छौँ, विस्तृत विवरण केहीबेरमा प्रकाशित हुन्छ,’ उनले भने ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि गत भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा लम्बिदै गएपछि अवज्ञा गर्ने क्रम बढेको थियो । यही बीचमा व्यवसायीहरूले निषेधाज्ञा हटाउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : १५ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा