काठमाडौँमा बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर, साताको तीन दिन पसल खोल्न पाइने (विस्तृतमा) | Khabarhub Khabarhub

काठमाडौँमा बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर, साताको तीन दिन पसल खोल्न पाइने (विस्तृतमा)


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइएको छ ।

बिहीबारदेखि लागू हुने गरी एक साताका लागि उपत्यकामा निषेधाज्ञा केहि सहज गराइएको हो ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने निर्णय गरेका छन् ।

यस्तै १६ सिट क्षमता भन्दा माथिका सबै सार्वजनिक सवारी साधन सञ्चालका लागि पनि अनुमति दिइएको छ । तर, सवारीसाधनमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइने छ । यात्रुले अनिवार्य स्यानिटाइजर र मास्क लगाउनु पर्नेछ ।

सागसब्जी, दुध, माछामासुसँग सम्बन्धित पसल बिहान ११ बजेसम्म तथा बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ ।

निर्माण व्यवसाय र त्योसँग सम्बन्धित पसल तथा व्यवसायहरू दिउँसो २ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।

यसअतिरिक्त कपडा पसल तथा सपिङ मलहरू भने सातामा तीन दिन सोमबार, बुधबार र शनिबार मात्र खुला गर्न दिइने जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि गत भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा लम्बिदै गएपछि अवज्ञा गर्ने क्रम बढेको थियो । यही बीचमा व्यवसायीहरूले निषेधाज्ञा हटाउन माग गर्दै आएका थिए ।

यस्तो छ निषेधाज्ञाको पूर्ण विवरण

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : ५८ बजे

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल