निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणबाट जोगिन डा. पाण्डेले दिए यस्ता सुझाव | Khabarhub Khabarhub

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणबाट जोगिन डा. पाण्डेले दिए यस्ता सुझाव



तीन हप्तादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बुधबार रातिदेखि खुकुलो हुने भएपछि जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सरकारले ‘बल’ नागरिकका हातमा दिएको र अब आफैँ सुरक्षित हुनुपर्ने बताएका छन्।

निषेधाज्ञा खुकुलो बनाउने निर्णयलाई स्वागत गर्दै जनस्वास्थ्य विज्ञ डा. पाण्डेले सरकारको यो निर्णय नागरिकको पक्षमा भएपनि कोरोना संक्रमण घटेको भनेर कसैले बुझ्न नहुने बताए।

‘निषेधाज्ञा खुलेसँगै संक्रमणको जोखिम अझै बढ्छ। घरबाहिर निस्कँदा अनिवार्य सही तरिकाले मास्क लगाउनै पर्यो, दूरी कायम गर्नेपर्‍याे,’ डा.पाण्डेले भने, ‘सरकारले बल हाम्रो कोर्टमा फालेको छ। अब जोगिन हामी आफैँले विशेष सतकर्ता अपनाउनै पर्छ।’

उनले घरबाहिर जति कम समय बितायो त्यति असुरक्षित भइने भएकाले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन् । कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसँग घुलमिल हुने बानीको विकास गर्न उनको सुझाव छ।

उनले बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोगी भएका व्यक्तिहरुलाई जोगाउन सकेसम्म घरमा छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

‘कुन व्यक्ति संक्रमित छ भनेर अनुहार हेरि चिनिँदैन। हरेक व्यक्तिसँग सुरक्षित ब्यबहार गर्नुपर्छ,’ उनले भने, ‘काममा जाँदा पानी, खाजा घरबाट लिएर जाने बानी बसाल्नुपर्यो। व्यवसायीले व्यक्तिगत दूरी सुनिश्चित गर्ने गरी व्यवसाय सञ्चालन गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, झ्यालढोका खोलेर काम गर्ने वातावरण मिलाउनुपर्‍याे।’

उनका सुझाव यस्ता छन्-

– बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने । सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने । काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने । कुरा गर्दा मास्क लगाउने ।

– मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने ।

– खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।

– घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने । भीडभाडमा नजाने, भीडभाड नगर्ने ।

– सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने । स्यानिटाइजरले हात सफा गरिरहने । बिशेष सतर्क हुने ।

– हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने । मास्क नलगाएका ग्राहकलाई मास्क दिने । सबैको लागि ठूलो स्यानिटाइजर राख्ने । झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने ।

– सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ।

– ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने । भीडभाड नगराउने ।

– पसल र हरेक सामान संक्रमणरहित बनाउने ।

– चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ।

– कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन । हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने ।

– सामान किन्दा धेरै छान्ने काम नगर्ने । किनमेलको लिस्ट घरमै बनाएर जाने । पसलहरुमा एकदम छोंटो समय बिताउने । जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ ।

– सकभर तरकारी बजारबाट तरकारी नकिन्ने । घर नजिकको पसलबाट किन्ने । बसेर छान्ने, छाम्ने काम नगर्ने ।

– डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने । लामो समय नबिताउने ।

– भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने । कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन । पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन ।

– बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने । क्यासलेस लेनदेनलाई प्रेरित गर्ने । टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने । फाइललाई डिजिटल बनाउने ।

– रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने । बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ ।

– सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने ।

– आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ । यो सुत्र सबैले अपनाउने ।

– कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने ।

– ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो ।

– हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ । संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन । हामी पनि सुरक्षित हुन्छौं ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ११ : ०२ बजे

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने 

धुलिखेल– बागमती प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री

मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु

काठमाडौं– विश्व मजदुर दिवसको अवसरमा मैथली भाषाको फिचर फिल्म ‘लेवर’

अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ, तर ढुक्क हुने अवस्था छैन

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ– दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा

पशुपतिको विद्युत शवदाह अब निःशुल्क

काठमाडौं– पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क