लिबियाबाट सात भारतीय नागरिक अपहरण « Khabarhub

लिबियाबाट सात भारतीय नागरिक अपहरण


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमामाठौँ- लिबियाबाट सात भारतीय नागरिकको अपहरण भएको छ ।

लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय स्वदेश फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरणमा परेका हुन् ।

अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेका छन् । अपहरणमा परेकाहरुको स्थिति अज्ञात छ भने अपहरण गर्नेहरूको पनि पहिचान नभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारत सरकारले लिबियाली सरकारलाई उनीहरुलाई अपहरण मुक्त गर्न आग्रह गरेको छ ।

भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबिया सरकारलाई आग्रह गरेको हो ।

भारत सरकारले आफना नागरिकहरुलाई लिबियाको भ्रमण नगर्न सन् २०१५ मा अपील जारी गर्दै सन् २०१६ मा प्रतिबन्धसमेत लगाए पनि अबैध रूपमा लिबिया जाने क्रम रोकिएको छैन ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : २८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा