औषधि पसललाई जरिवाना « Khabarhub

औषधि पसललाई जरिवाना


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोट प्रशासनले विभिन्न पाँच औषधि दुई लाखका दरले जरिवाना गरेको छ ।

ती औषधि पसलले प्रचलित नियम कानूनको उल्लंघन गर्दै औषधि विक्री वितरण गरेको पाइएपछि औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार जरिवाना गरेको हो ।

सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।

विदुर नगरपालिका २ बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँच वटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि बिक्री गरेका थिए ।

तिनीहरूलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

यस्तै, संयुक्त अनुगमन टोलीले म्यागङ गाउँपालिकाका औषधि पसलहरुको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएकोले सिलबन्दी गरिएको छ ।

म्यागङ गापा–३ मा सञ्चालित मेडिकल तथा फार्मेसी अनुगमन गर्ने क्रममा सोही वडामा सञ्चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित सञ्चालनमा रहेको पाईकोले सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी तादी गाउँपालिकाको खरानीटारमा रहेको तादी फर्मा र दुप्चेश्वर फार्मेसी मा खरिद विल नभएको पाइएकोले रु १० हजार जरिवाना गराइएको जिल्ला प्रशासन कार्यालयले छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : ४५ बजे

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७