यूएईमा छुरा प्रहार गरी श्रीमतीको हत्या   « Khabarhub

यूएईमा छुरा प्रहार गरी श्रीमतीको हत्या  



दोहा- संयुक्त अरब एमिरेट्स (यूएई) मा श्रीमानले श्रीमतीको छुरा प्रहार गरी हत्या गरेका छन् ।

लामो समयदेखि यूएईमा कार्यरत चितवनकी गौंमाया मगर तामाङको श्रीमानले हत्या गरेका हुन् ।

गत सेप्टेम्बर २५ तारिखमा श्रीमान चन्द्र लिम्बूले दुबईमा भेट्न बोलाएकी श्रीमतीसँग विवाद हुँदा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

तामाङको शव पोष्टमार्टमका लागि दुबई अल रसिदिया अस्पतालमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

लिम्बूलाई दुबई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

तामाङको शव नेपाल पठाउन आर्थिक अभावले नसकिएकाले आवश्यक सहयोगका लागि दुबईमै रहेकी मृतककी दिदीले एनआरएनसँग अनुरोध गरेकी छन् ।

४ दिनभित्र शव बुझ्न दुबई प्रहरीले आफन्तलाई भनेपछि उनीहरूले यूएईस्थित नेपाली दूतावासलाई पनि अनुरोध गरेको शेर्पाले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : ३२ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना