अमेरिकामा  दुई महिना यताकै धेरै संक्रमण « Khabarhub

अमेरिकामा  दुई महिना यताकै धेरै संक्रमण


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा दुई महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५६ हजार ६५२ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थपिएका संक्रमित संख्या अगस्ट १४ यताकै धेरै हो ।

संक्रमितमध्ये अहिलेसम्म ५० लाख २५ हजार १५३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ९० हजार ८३२ जनामध्ये १४ हजार ६५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९५७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १७ हजार ७३८ पुगेको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ३३ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा