सुनसरी, मोरङ र सप्तरीमा थप पाँच कोरोना संक्रमितको मृत्यु « Khabarhub

सुनसरी, मोरङ र सप्तरीमा थप पाँच कोरोना संक्रमितको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी, मोरङ र सप्तरीमा थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय वृद्ध शुक्रबार बिहान १२:३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै प्रतिष्ठानमा उपचाररत दुहवीका ५२ वर्षीय संक्रमित पुरुषको पनि बिहान २ बजेतिर मृत्यु भएको छ । डा.श्रेष्ठका अनुसार मृतकमा मृगौला सम्बन्धी समस्या पनि थियो ।

असोज १२ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका पुरुषको पीसीआर परीक्षण रिपोर्ट त्यही दिन पोजेटिभ आएको थियो ।

कोराना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका पुरुषको मृत्यु भएको हो ।

मोरङमा पनि दुईको मृत्यु

मोरङमा उपचारका क्रममा दुई जना र सप्तरीमा एक जनाको मृत्यु हो । मोरङमा मृत्यु भएका एक जना मोरङकै रंगेलीका हुन् भने एक जना सुनसरीको धरानका हुन् ।

संक्रमित दुबै पुरूषको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार मोरङको रंगेली नगरपालिका– ४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति साढे ९ बजे मृत्यु भएको हो । बुधबार बिहान अस्पताल ल्याइएका वृद्धको आइसोलेसनमा उपचार भइरहेको थियो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई आईसीयूमा भर्ना गरेर गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।

श्वासप्रश्वासनमा समस्या भएका तथा फोक्सोमा संक्रमण देखिएका ती पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो ।

सोही दिन कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको दाहालले बताए ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धको पनि कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए ।

स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण भेटिएपछि होम आइसोलेसन रहेका उनको थप उपचारका लागि धरान लाने क्रममा बिहीबार साँझ मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

मृतक निमोनियाले ग्रसित रहेको जनाइएको छ । यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ४८ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम