सुनसरी, मोरङ र सप्तरीमा थप पाँच कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

सुनसरी, मोरङ र सप्तरीमा थप पाँच कोरोना संक्रमितको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी, मोरङ र सप्तरीमा थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय वृद्ध शुक्रबार बिहान १२:३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै प्रतिष्ठानमा उपचाररत दुहवीका ५२ वर्षीय संक्रमित पुरुषको पनि बिहान २ बजेतिर मृत्यु भएको छ । डा.श्रेष्ठका अनुसार मृतकमा मृगौला सम्बन्धी समस्या पनि थियो ।

असोज १२ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका पुरुषको पीसीआर परीक्षण रिपोर्ट त्यही दिन पोजेटिभ आएको थियो ।

कोराना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका पुरुषको मृत्यु भएको हो ।

मोरङमा पनि दुईको मृत्यु

मोरङमा उपचारका क्रममा दुई जना र सप्तरीमा एक जनाको मृत्यु हो । मोरङमा मृत्यु भएका एक जना मोरङकै रंगेलीका हुन् भने एक जना सुनसरीको धरानका हुन् ।

संक्रमित दुबै पुरूषको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार मोरङको रंगेली नगरपालिका– ४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति साढे ९ बजे मृत्यु भएको हो । बुधबार बिहान अस्पताल ल्याइएका वृद्धको आइसोलेसनमा उपचार भइरहेको थियो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई आईसीयूमा भर्ना गरेर गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।

श्वासप्रश्वासनमा समस्या भएका तथा फोक्सोमा संक्रमण देखिएका ती पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो ।

सोही दिन कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको दाहालले बताए ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धको पनि कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए ।

स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण भेटिएपछि होम आइसोलेसन रहेका उनको थप उपचारका लागि धरान लाने क्रममा बिहीबार साँझ मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

मृतक निमोनियाले ग्रसित रहेको जनाइएको छ । यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ४८ बजे

फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी

काठमाडौं – प्रदर्शनमा आएको एक वर्ष नाघेपछि फिल्म ‘फर्की फर्की’विरुद्ध

७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित 

काठमाडौं– मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट

त्रकाठमाडौं– देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष

अध्यागमनमा मापदण्डअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

टोकियो– जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको