गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै « Khabarhub

गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो । विज्ञलाई अध्ययनमा सहभागी गराइने छ । निकुञ्जको पश्चिमी क्षेत्रमा बढी गैँडा मरेपछि अध्ययन त्यस क्षेत्रमा केन्द्रित हुनेछ ।

उनका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि न्यूनीकरणका लागि गर्न सकिने उपायको खोजी गरिने छ ।

कहिलेदेखि अध्ययन थाल्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । गत दुई महिना नपुग्दै चोरी शिकारीबाट एउटा र प्राकृतिक कारणबाट सात वटा गैँडा मरेपछि निकुञ्जले अध्ययन गर्न लागेको हो । अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए भने गत आवमा यो सङ्ख्या २६ रहेको थियो ।

मुख्यरुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर, एक अर्कोसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाँधक बन्ने गरेको छन् । नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए । विभागले यसअघि पनि गैँडाको प्राकृतिक मृत्युदरबारे अध्ययन गरेको थियो ।

निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार चालु आवको साउन २७ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा सात गैँडा प्राकृतिक कारणले र एउटा गैँडा तस्करले मारेका छन् । उहाँका अनुसार साउन २७ गते राप्ती नदी किनारको अन्द्रौलीघाटमा २० वर्षको पोथी गैँडा मृत फेला परेको थियो ।

उक्त गैँडा भालेको आक्रमणबाट मृत्यु भएको हो । भदौ ६ गते राप्ती किनारको जोतुवाघाटमा दलदलमा फसेर सात वर्षको पोथीको मृत्यु भएको थियो ।

यस्तै भदौ २१ गते बाँदरझुला टापुमा २५–३० वर्षको भाले गैँडा तस्करले मारेका छन् । उक्त गैँडाको टाउकोमा हतियारले प्रहार गरेको घाउ देखिएको थियो तर खाग, खुर भने सुरक्षित रहेका थिए । असोज १६ गते टापु क्षेत्रको सेरावा घोलमा कुहिएको अवस्थामा वृद्ध गैँडा मृत फेला परेको छ । उक्त गैँडाको लिङ्ग र उमेरसमेत पहिचान हुन नसकेको सूचना अधिकारी रामले जानकारी दिए ।

यस्तै असोज १७ गते त्रिवेणीस्थित गण्डक नहरमा मृत गैँडा भेटिएको थियो । पैतीस वर्षको उक्त पोथी गैँडा नारायणी नदी पार गर्ने क्रममा नदीले बगाएको उनले जानकारी दिए ।

यसैगरी असोज १९ गते एकै दिन दुई गैँडा मृत फेला परेका थिए । एउटा वयस्क पोथी वाल्मीकि गण्डक नहरमा खसेर मरेको थियो । उक्त गैँडालाई नारायणीले बगाएको अनुमान गरिएको छ । अर्को १०–१२ वर्षको भाले सौराहा क्षेत्रको वनकट्टा घाँसे मैदानमा सोही दिन मृत फेला परेको थियो । भिरालो जमिनमा लडेर उक्त गैँडा मरेको हो ।

असोज २१ गते नारायणी नदी छेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैँडा मृत फेला परेको थियो । उक्त गैँडा नारायणी नदीले बगाएको हो । यस अवधिमा मरेका गैँडामध्ये चार वटा बाढीकै कारण मरेका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १२ : ४० बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह