जनप्रतिनिधिलाई धम्की दिएपछि ‘गुण्डा नाइके’ राधे पक्राउ « Khabarhub

जनप्रतिनिधिलाई धम्की दिएपछि ‘गुण्डा नाइके’ राधे पक्राउ


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले गुण्डा नाइके मानिएका राधे भण्डारीलाई धम्की आरोपमा धादिङबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले भण्डारीलाई सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार गुण्डा नाइके भण्डारीले जनप्रतिनिधिलाई धम्की दिएका थिए । उनले सिद्धलेक गाउँपालिकामा क्रसर समेत सञ्चालन गरेका छन् ।

बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले त्यसो नगर्न भन्दा उल्टो धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए ।

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै आएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १२ : १३ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी