रुघाखोकी लाग्दैमा पीसीआर रिपोर्ट ‘पोजेटिभ’ आउँदैन : डा. पाण्डे « Khabarhub

रुघाखोकी लाग्दैमा पीसीआर रिपोर्ट ‘पोजेटिभ’ आउँदैन : डा. पाण्डे


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले मौसमी रुघाखोकी लाग्दैमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नआउने बताएका छन् ।

रुघाखोकी लागेको अवस्थामा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिन्छ भन्ने कतिपय मानिसहरुको भनाइको भ्रममा नपर्न उनले सबैलाई सुझाएका छन् ।

उनले भने, ‘रुघाखोकी लागेकै भए पनि स्वाबमा कोरोना भाइरसका जिवाणु छैनन भने रिपोर्ट नेगेटिभ आउँछ । पीसीआर परीक्षण गर्दा कोरोना भाइरससँग राखेर म्याच गर्ने हो । अरु भाइरस यो भर्सनमा देखिँदैनन् ।’

रुघाखोकी र कोरोना भाइरस संक्रमणका लक्षण उस्तै-उस्तै हुने हुँदा सहजै छुट्याउन भने सकिँदैन । त्यसका लागि पीसीआर परीक्षण गर्नुपर्ने उनको तर्क छ ।

त्यसोत अहिले मौसम परिवर्तनको समय भएको हुँदा धेरै मानिसहरु रुघाखोकीबाट ग्रसित हुनसक्छन् ।

मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्ने उनले बताए ।

उनले भने, ‘एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ। जसका कारण मौसमी संक्रमणको जोखिम बढ्छ।’

सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा समेत रहेको पाइन्छ ।

सामान्यतया मौसमी रुघाखोकी र कोरोनाको संक्रमण छुट्याउन डा. पाण्डेले यस्तो सुझाव दिएका छन्-

मौसमी रुघा खोकीका लक्षण

नाक बन्द हुने
नाकबाट पानी आउने
हाँच्छ्यु आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने
छोटो समयमा निको हुने

कोरोना संक्रमणका लक्षण

सुख्खा खोकी लाग्ने
उच्च ज्वरो आउने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा / र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने / बोलि परिवर्तन हुने
निको हुन १० दिन लाग्न सक्ने
खाना नरुच्ने
अक्सिजन / आइसीयुको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पीसीआर परीक्षण गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : ०० बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको