चोरीको बुलेटसहित २६ मोटरसाईकल फेला, ८ जना पक्राउ « Khabarhub

चोरीको बुलेटसहित २६ मोटरसाईकल फेला, ८ जना पक्राउ


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यबाट चोरी भएका २६ वटा मोटरसाईकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ ।

शुक्रबार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् ।

प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाईकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रदेश–३–०२,०१४प ३१८९ र बोडेबाट हराएको को३९प २४३ नम्बरको बुलेट मोटरसाईकल फेला परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोभिड–१९ महामारीको बिचमा पनि सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरासाइकल र स्कुटर खोजीलाई निरन्तरता दिइएको महाशाखाका एसएसपी ढकालले बताए ।

मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ८ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्रेको छ । ट्राफिक प्रहरीले लकडाउन शुरु भएपछि ९० वटा मोटरसाईकल फेला पारेर सवारी धनिलाई जिम्मा लगाएको छ ।

चालू आर्थिक वर्ष ०७६/७७ मा महाशाखाले ३ सय २५ वटा हराएका दुईपांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागी अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : ५२ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक