मानिसको छालामा ९ घण्टासम्म जीवित रहन्छ कोरोना भाइरस « Khabarhub

मानिसको छालामा ९ घण्टासम्म जीवित रहन्छ कोरोना भाइरस


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक अध्ययन अनुसार कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म जीवित रहने गरेको पाइएको छ ।

इन्फ्लूएन्जा एको तुलनामा कोरोना भाइरस ४ गुणा धेरै समयसम्म जीवित रहन सक्ने वैज्ञानिकले बताएका छन् ।

जापानको क्योटो प्रीफेक्चरल यूनिभर्सिटी अफ मेडिसिनले आफ्नो रिसर्चमा कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म रहने पाइएको दाबी गरिएको छ । भाइरस यति धेरै समयसम्म कसरी छालामा जीवित रहन सक्छ ? यसको कारण भने अहिलेसम्म थाहा भएको छैन ।

रिसर्चले छालामा भाइरस धेरै समयसम्म रहनाले खतरा बढ्ने बताएको छ । त्यसैले साबुनले हातलाई २० सेकेण्डसम्म धुनुपर्छ ।

रिसर्चका लागि फरेस्टिक अप्टोसीको माध्यमबाट मानिसको छालाको नमूना लिइएको थियो ।

स्किनको कोशिकाहरुहरुलाई कोरोना भाइरस र इन्फ्लूएन्जासँग मिक्स गरिएको थियो ।

रिसर्चमा स्किनमा फ्लूको भाइरस १.८ घण्टासम्म जीवित रहने पत्ता लागेको हो । त्यस्तै कोरोना भाइरस भने ९ घण्टासम्म जीवित रहन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  २ : ०७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना