कोरोना पुष्टिपछि आइसोलेसनमा नबसे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना पुष्टिपछि आइसोलेसनमा नबसे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण पुष्टि भएका केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयमा यस्तो सूचना आएको जानकारी दिएका हुन् ।

यस्तो भएमा घरपरिवार र छिमेकीलाई समेत अनुगमन गरी खरब गरिदिन गौतमले आग्रह गरेका छन् ।

पोजेटिभ रिपोर्ट आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडडुल गर्ने, अरुलाई भेट्ने गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुने प्रवक्ता गौतमले बताए ।

त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको उनले जानकारी दिए ।

प्रवक्ता गौतमले शंका लागेर पीसीआर परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ४ : ५५ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी