कोरोना पुष्टिपछि आइसोलेसनमा नबसे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना पुष्टिपछि आइसोलेसनमा नबसे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण पुष्टि भएका केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयमा यस्तो सूचना आएको जानकारी दिएका हुन् ।

यस्तो भएमा घरपरिवार र छिमेकीलाई समेत अनुगमन गरी खरब गरिदिन गौतमले आग्रह गरेका छन् ।

पोजेटिभ रिपोर्ट आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडडुल गर्ने, अरुलाई भेट्ने गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुने प्रवक्ता गौतमले बताए ।

त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको उनले जानकारी दिए ।

प्रवक्ता गौतमले शंका लागेर पीसीआर परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ४ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना