राखेपमा विवादित छविका लाखेसहित ११ जना मनोनित « Khabarhub

राखेपमा विवादित छविका लाखेसहित ११ जना मनोनित


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा ९ जनालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्री परिषद् बैठकले राखेपमा ९ जना सदस्यलाई मनोनित गरेको हो ।

जसमा राष्ट्रिय फुटबल टोलीका पूर्वस्ट्राइकर हरि खड्का, माधव हजारा, पुरेन्द्र लाखे, राजेश गुरुङ, मोहम्मद शेख, नन्द बस्याल, एकेन्द्र कुबर छन् । यस्तै, चन्द्रा बन्दना राई र सुमित्रा राई राखेपको बोर्डमा मनोनयन भएका छन् ।

यस्तै, खेलकुद परिषदको अध्यक्षको हैसियतमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले २ जनालाई संघका तर्फबाट मनोनयन गरेका छन् । जसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठ छन् ।

सरकारले नियुक्त गरेकामध्ये पुरेन्द्र विक्रम लाखे विवादित व्यक्ति हुन् । उनी सन् १९९० को एसियन च्याम्पियनसिपमा जापान गएको र पछि त्यतै भागेका थिए । त्यसपछि त्यहाँ उनी धेरै वर्ष बसेर नेपाल फर्किएका हुन् ।

असारदेखि कार्यन्वयनमा आएको राष्ट्रिय खेलकुद ऐन २०७७ ले यस्तो किसिमका विवादत व्यक्तिलाई राखेपमा आउन बन्देज गरेको छ । ऐनको दफा ८ मा ‘पद रिक्त हुने अवस्था’को बुँदा नम्बर ‘ज’ मा भनिएको छ ‘राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित भएमा’ उल्लेख छ ।

देशको प्रतिनिधित्व गरी जापान पुगेर त्यहिँ भागेका लाखेलाई नियुक्ति दिने सरकारको निर्णयमा खेल क्षेत्रबाट विरोध भइरहेको छ ।

राखेप सदस्य सचिवका निकट व्यक्तिमध्येका लाखे एक हुन् । गएको मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा उनले भण्डारण शाखाको संयोजक गरेका थिए ।

३७ सदस्यीय बोर्ड समितिमा अहिलेसम्म २२ जना पुरा भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ४ : ५८ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी