कोरोना संक्रमित ७५ जना भेन्टिलेटरमा, ३१८ को आइसीयुमा उपचार हुँदै « Khabarhub

कोरोना संक्रमित ७५ जना भेन्टिलेटरमा, ३१८ को आइसीयुमा उपचार हुँदै


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७५ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन् ।

आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९६ जना आइसीयु र ५७ जना भेन्टिलेटर, प्रदेश ५ मा ३५ जना आइसीयु र ७ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसीयु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसीयु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसीयुमा उपचाररत रहेका छन् ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसीयुमा र भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या पनि बढेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ०४ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया