कोरोना संक्रमित ७५ जना भेन्टिलेटरमा, ३१८ को आइसीयुमा उपचार हुँदै « Khabarhub

कोरोना संक्रमित ७५ जना भेन्टिलेटरमा, ३१८ को आइसीयुमा उपचार हुँदै


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७५ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन् ।

आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९६ जना आइसीयु र ५७ जना भेन्टिलेटर, प्रदेश ५ मा ३५ जना आइसीयु र ७ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसीयु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसीयु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसीयुमा उपचाररत रहेका छन् ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसीयुमा र भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या पनि बढेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ०४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका