खोटाङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु « Khabarhub

खोटाङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ ।

घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो (ढुङ्गा) लागेर गम्भीर घाइते भएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो ।

श्रीमाले कुटेपछि ज्यान जोगाउन भागेर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि उनी बेहोस भएर ढलेको स्थानीय बासिन्दाले बताएका छन् ।

बेहोस भएपछि स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौँ लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा उनको मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए ।

गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यभएपछि उनको शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

घटनाका बारेमा टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।

श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार छन् । फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले बताए ।

श्रीमान-श्रीमतीबीच बिहान करीब ५ः०० बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नुका साथै लोहोरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : ५५ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै