हुम्लास्थित सीमा क्षेत्रमा नेपालीहरुमाथि चीनियाँ सुरक्षाकर्मीद्वारा ढुंगा प्रहार « Khabarhub

हुम्लास्थित सीमा क्षेत्रमा नेपालीहरुमाथि चीनियाँ सुरक्षाकर्मीद्वारा ढुंगा प्रहार


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा गएका नेपालीहरुमाथि चीनियाँ सुरक्षाकर्मीले ढुंगा प्रहार गरेका छन् ।

सीमा विवादका बारेमा अनुगमनका लागि हुम्लाको नाम्खा पुगेका कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले सिमामा गएका नेपालीहरुमाथि चिनियाँ सुरक्षाकर्मीहरुले ढुंगा प्रहार गरेको जानकारी पाएको बताए ।

उनले अनुगमनका क्रममा नेपालतर्फका सीमा पिलरहरु चीनले तारबार गरेर राखेको र त्यहाँ जान खोज्नेहरुलाई लखेट्ने गरेको स्थानीयले बताउने गरेको उनले जनाए ।

उनले भने,‘५ ‘ए’ र ६ ‘ए’ पिलरलाई उनीहरु (चिनियाँहरु)ले आफ्नो क्षेत्रभित्र पारेर हाम्रोतिर बार लगाएका छन् । त्यहाँ उनीहरुको सेक्युरिटी बसेको छ । त्यहाँ हाम्रो गाउँलेहरु जाँदा ढुंगा हानेर लखेटेको रहेछन्।’

नेता शाहीले आफूहरु जानुभन्दा अघिल्लो दिन चिनियाँ सुरक्षाकर्मीले ढुंगा हानेको जानकारी पाएको बताए ।

उनले भने,‘हामी जानुभन्दा अघिल्लो दिन समेत उनीहरुले ढुंगा हानेको थाहा पाएँ । हामी जाँदा भने कुनै अवरोध गरेनन् ।’

नेता शाहीसहितको कांग्रेसको टोली सिमा विवाद भएको स्थानमा पुगेर हुम्ला सदरमुकाम सिमिकोट फर्किदैछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ११ : ४० बजे

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु

सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक

अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले

इटहरी- सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणीले पेट्रोल छर्केर