हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा | Khabarhub Khabarhub

हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आबुधाबीमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अब्दुल समादले ३३ रन जोड्दा राशिद खानले ११ रन बनाए ।

मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए । जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए ।

हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे । यस्तै मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए ।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए ।

यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ । हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : ४७ बजे

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र

विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि

महेन्द्रनगर – दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।