चन्द्रमा सिंह राशिमा, आज कुन दिशातर्फको यात्रा शुभ रहनेछ ? « Khabarhub

चन्द्रमा सिंह राशिमा, आज कुन दिशातर्फको यात्रा शुभ रहनेछ ?


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज मिति २०७७ कात्तिक २४ गते सोमबार, इस्वीसंवत नभेम्वर ९ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको नवमी तिथि रहनेछ । आज मघा नक्षत्र, विष्कुम्भादि योगमा ब्रह्म, करणमा तैतिल, आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २७ घटि ०९ पला अर्थात १० घण्टा ५५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २१ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १३ मिनेटमा हुनेछ ।

चन्द्रमा सिंह राशिमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला ।

शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:१९ बजेदेखि ७:४१ बजेसम्म अमृत बेला
बिहान ७:४१ बजेदेखि ९:०३ बजेसम्म काल बेला
बिहान ९:०२ बजेदेखि १०:२५ बजेसम्म शुभ बेला
बिहान १०:२५ बजेदेखि ११:४७ बजेसम्म रोग बेला
बिहान ११:४७ बजेदेखि १:०९ बजेसम्म उद्धेग बेला
दिनमा १:०९ बजेदेखि २:३१ बजेसम्म चर बेला
दिउँसो २:३१ बजेदेखि ३:५३ बजेसम्म लाभ बेला
दिउँसो ३:५३ बजेदेखि ५:१५ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७:३० देखि ९:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ०६ बजे

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि