देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो « Khabarhub

देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ । यो जाडो सुरू भएयताको कै कम तापक्रम भएको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् ।

मुलुकका पहाडी भू-भागमा दिउँसो आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने  सफा रहने महाशाखाले जनाएको छ।

मंगलबार भने कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : ०२ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न