मोरङमा उपचाररत थप तीन संक्रमितको मृत्यु « Khabarhub

मोरङमा उपचाररत थप तीन संक्रमितको मृत्यु


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ ।

झापा, उदयपुर र सिरहाका संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक एक वृद्धा र दुई पुरुष छन् । दुई जनाको आज बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उपचारकै क्रममा उनको बिहान ६ बजे मृत्यु भएको हो ।

यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको छ । ती पुरूषको बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल ब्यवस्थापक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना