पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा « Khabarhub

पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामन्यता सबै मानिसलाई पसिना आउँछ । कसैलाई कम, कसैलाई बढी ।

कसैकसैलाई चाहिँ साह्रै पसिना आउँछ अनि गनाएर उनीहरूको नजिकै बस्न पनि सकिँदैन ।

शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ ।

पसिना आफैँमा गन्धरहित हुन्छ । पसिना जब निस्कन्छ तब हाम्रो छालाको सतहमा लेयर बनेर बस्छ र किटाणु भयो भने गनाउँछ । पसिना खास समय र सिजनमा मात्र गनाउने हुँदैन । पसिनाको मात्रा र किटाणु कति छ भन्ने कुरामा मात्रै भरपर्छ ।

तपाईंको पसिना गन्हाउने समस्या छ भने आफ्नो खानपिनमा विशेष ध्यान दिनुहोला ।

तपाईंको खानामा सल्फरको मात्रा धेरै छ भने यो समस्या आइलाग्छ । लसून प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । अनि ब्रोकाउली, बन्दा र काउली पनि कमै खाएको राम्रो हुन्छ ।

जाँडरक्सी खानुहुन्छ भने पसिना गनाउने यो पनि एक कारण हुन सक्छ ।

चुइंगम चपाउँदा पनि यो समस्या उत्पन्न हुन्छ । यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसले दाँत र जिभ्रोमा एउटा पत्र बनाउँछ जसका कारण त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छन् र मुख गनाउन थाल्छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : ५० बजे

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम