पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा « Khabarhub

पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामन्यता सबै मानिसलाई पसिना आउँछ । कसैलाई कम, कसैलाई बढी ।

कसैकसैलाई चाहिँ साह्रै पसिना आउँछ अनि गनाएर उनीहरूको नजिकै बस्न पनि सकिँदैन ।

शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ ।

पसिना आफैँमा गन्धरहित हुन्छ । पसिना जब निस्कन्छ तब हाम्रो छालाको सतहमा लेयर बनेर बस्छ र किटाणु भयो भने गनाउँछ । पसिना खास समय र सिजनमा मात्र गनाउने हुँदैन । पसिनाको मात्रा र किटाणु कति छ भन्ने कुरामा मात्रै भरपर्छ ।

तपाईंको पसिना गन्हाउने समस्या छ भने आफ्नो खानपिनमा विशेष ध्यान दिनुहोला ।

तपाईंको खानामा सल्फरको मात्रा धेरै छ भने यो समस्या आइलाग्छ । लसून प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । अनि ब्रोकाउली, बन्दा र काउली पनि कमै खाएको राम्रो हुन्छ ।

जाँडरक्सी खानुहुन्छ भने पसिना गनाउने यो पनि एक कारण हुन सक्छ ।

चुइंगम चपाउँदा पनि यो समस्या उत्पन्न हुन्छ । यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसले दाँत र जिभ्रोमा एउटा पत्र बनाउँछ जसका कारण त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छन् र मुख गनाउन थाल्छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : ५० बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने