प्रधानमन्त्रीले ‘विवाद समाधान कार्यदल’ का सदस्यलाई बालुवाटार बोलाए | Khabarhub Khabarhub

प्रधानमन्त्रीले ‘विवाद समाधान कार्यदल’ का सदस्यलाई बालुवाटार बोलाए


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टी विवाद समाधान कार्यदल’ का सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवादबारे छलफल गर्न पार्टी विवाद समाधान कार्यदलका ६ जना सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

सो कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् । बैठकमा पूर्वएमाले पक्षका नेताहरु मात्र सहभागी हुने भएका छन् ।

पूर्वमाओवादीका नेता शर्मा कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका छन् भने पम्फा भुसलाले आफू उपस्थित हुन नसक्ने बताएकी छिन् । यसअघि पार्टी विवाद समाधानका लागि गत साउनमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा ४ जना पूर्वएमालेबाट छन् भने २ जना पूर्वमाओवादी समूहबाट छन् ।

पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिनको समयसीमा दिएका थिए । उक्त समय सीमा आज सकिँदैछ ।

दुई दिनअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिक रुपमा लिखित माग राख्दै प्रधानमन्त्री ओलीलाई बैठक डाक्न आग्रह गरेका थिए ।

त्यसपछि ओलीले आन्तरिक छलफल बढाएका छन् । आवश्यक सल्लाह गरेर बैठक डाक्ने वचन दिएका ओलीले यसबारे भने अझै कुनै निर्णय दिएका छैनन् ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुनेपर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : २५ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै