प्रधानमन्त्रीले ‘विवाद समाधान कार्यदल’ का सदस्यलाई बालुवाटार बोलाए « Khabarhub

प्रधानमन्त्रीले ‘विवाद समाधान कार्यदल’ का सदस्यलाई बालुवाटार बोलाए


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टी विवाद समाधान कार्यदल’ का सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवादबारे छलफल गर्न पार्टी विवाद समाधान कार्यदलका ६ जना सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

सो कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् । बैठकमा पूर्वएमाले पक्षका नेताहरु मात्र सहभागी हुने भएका छन् ।

पूर्वमाओवादीका नेता शर्मा कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका छन् भने पम्फा भुसलाले आफू उपस्थित हुन नसक्ने बताएकी छिन् । यसअघि पार्टी विवाद समाधानका लागि गत साउनमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा ४ जना पूर्वएमालेबाट छन् भने २ जना पूर्वमाओवादी समूहबाट छन् ।

पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिनको समयसीमा दिएका थिए । उक्त समय सीमा आज सकिँदैछ ।

दुई दिनअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिक रुपमा लिखित माग राख्दै प्रधानमन्त्री ओलीलाई बैठक डाक्न आग्रह गरेका थिए ।

त्यसपछि ओलीले आन्तरिक छलफल बढाएका छन् । आवश्यक सल्लाह गरेर बैठक डाक्ने वचन दिएका ओलीले यसबारे भने अझै कुनै निर्णय दिएका छैनन् ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुनेपर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : २५ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित