‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन « Khabarhub

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

समितिले देशको नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।

यसअघि कानून मन्त्रालयमार्फत जारी परिपत्रमा देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो ‘नेपाल’ मात्र लेख्न निर्देशन दिइएको थियो ।

सो निर्णयपछि सोमबार (आज) संसदीय समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेर उक्त निर्णय कार्यान्वयनमा नल्याउन निर्देशन दिएको हो ।

छलफलमा मन्त्री ज्ञवालीले भने देशको नाममा कुनै विशेषण जोड्न आवश्यक नभएको तर्क गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  २ : ४९ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना