आइएयुको एशोसियट सदस्यमा पहिलोपटक नेपाली छानिए « Khabarhub

आइएयुको एशोसियट सदस्यमा पहिलोपटक नेपाली छानिए


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन (आइएयु) मा पहिलोपटक नेपालीको प्रवेश भएको छ ।

डेढ दशकअघिदेखि नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) स्थापना गरी नेपालमा खगोल विज्ञानको अध्ययन अनुसन्धानमा काम गर्दै आएका संस्थापक अध्यक्ष सुरेश भट्टराईलाई आइएयुले एशोसियट सदस्य पदमा मनोनयन गरेको हो ।

यसअघि सन् २०१८ देखि भट्टराईले आइएयुको नेपाल प्रतिनिधिका रुपमा काम गर्दै आएका थिए ।

भट्टराईलाई आइएयु अफिस फर एष्ट्रोनोमी आउटरिच जापान कार्यालयको सिफारिसमा युनियनको मुख्यालय पेरिसले एशोसिएट सदस्य पदमा मनोनयन गरेको हो ।

भट्टराई विसं २०७३ देखि त्रिचन्द्र क्याम्पस घण्टाघरमा भौतिक विज्ञान विषयको आंशिक उपप्राध्यापकका रुपमा समेत कार्यरत हुनुहुन्छ । सदस्य नियुक्त भएपछि उनले नेपालमा खगोल विज्ञानको शिक्षा, जनसम्पर्क, सम्पदा तथा संस्कृतिको क्षेत्रमा पनि काम गर्ने कार्ययोजना रहेको जानकारी दिए ।

खगोल विज्ञान क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थासँग समेत सहकार्य गरिने जनाइएको छ ।

वेदको एक अङ्गका रुपमा रहेको ज्योतिषले समेत केही खगोलका विषयमा अध्ययन गर्ने परम्परा ऋषिमुनिको पालादेखि चल्दै आए पनि त्यसको समन्वयात्मक अनुसन्धान हुन सकेको छैन ।

यस सम्बन्धमा समेत काम गर्ने भट्टराईको योजना छ । युनियनमा १०० देशका १३ हजार ५०० भन्दा बढी खगोलविद् सदस्य छन् । सन् १९१९ स्थापना भएको युनियनको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । खगोल विज्ञानको क्षेत्रमा काम गरेका व्यक्तिलाई युनियनको एशोसिएट सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । युनियनमा हाल १०२ एशोसिएट सदस्य छन् ।

खगोल विज्ञानमा विद्यावारिधि गरेकालाई युनियको कनिष्ठ सदस्यता दिने गरिएको छ । हाल ७१७ जना युनियनका कनिष्ठ सदस्यका रुपमा कार्यरत छन् । नासोलाई युनियनको राष्ट्रिय सदस्यता प्राप्त गर्ने गरी मानवीय स्रोत तयार पार्ने काम भइरहेको सोसाइटीले जनाएको छ । भारत, चीनलगायत १०० देश युनियनको राष्ट्रिय सदस्य छन् ।

विकासोन्मुख देशका खगोलविद्लाई पर्यवेक्षक र अन्तरिम सदस्यका रुपमा सहभागी गराउने नीति पनि युनियनको रहेको सोसाइटीले जनाएको छ ।

युनियनमा रहेका नौ विभागका सदस्यलाई व्यक्तिगत सदस्यता दिने गरिएको छ । हाल युनियनका ११ हजार ९९ व्यक्तिगत सदस्य छन् ।

व्यक्तिगत सदस्यता पाएर पनि खगोल विज्ञानको क्षेत्रमा सक्रिय रुपमा काम नगर्नेलाई तीन/तीन वर्षमा हुने साधारणसभाका अवसरमा निष्कासन गर्ने गरिएको छ ।

खगोल विज्ञानको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाई युनियनले मानार्थ सदस्यता प्रदान गर्ने गरेको छ । हाल नौ जना युनियनका मानार्थ सदस्य छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ४ : १५ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि