प्रदेश २ मा ४६ कोरोना संक्रमित थपिए, ९८ डिस्चार्ज « Khabarhub

प्रदेश २ मा ४६ कोरोना संक्रमित थपिए, ९८ डिस्चार्ज


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ९ महिला र ३७ पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का जनुस्वास्थ्य अधिकृत विपिन कुमार यादवका अनुसार यो अवधिमा थप १ जनाको मृत्यु भएको छ।

सोमवार सिरहाको मिरचैया नगरपालिका वडा नम्बर १ मा घर भएका ६५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ। हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लाका ५० जनाको केभिड १९ संक्रमणका कारण मृत्यु भएको छ।

उनका अनुसार सोमवार प्रदेशमा १७ जना महिला र ८१ जना पुरुष गरी कुल ९८ जना कोभिड १९ संक्रमणबाट निको भएर घर फर्किएका छन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ९सय ८ पुगेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु