डडेल्धुरामा किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले ढुंगाले हानेर मारे | Khabarhub Khabarhub

डडेल्धुरामा किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले ढुंगाले हानेर मारे


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी -डडेल्धुरामा किशोरीलाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयले घेरा हाली ढुंगामुढाले प्रहार गरेर मारेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी किशोरी माया महताको ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिए ।

चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको उनले बताए ।

अन्य स्थानीयलाई समेत आक्रमण गर्न थालेपछि चितुवालाई मारिएको अध्यक्ष साउँदले बताए । उनका अनुसार चितुवाको आक्रमणबाट अरू चार जना सामान्य घाइते भएका छन्।

सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।

आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय एक बालकको ज्यान लिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ४३ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०